काठमाडाैँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले हवाई भाडामा भएको मनपरी वृद्धिलाई रोक लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ।
मानवीय संबेदनशीलतालाई समेत भुलेर हवाई भाडा साविकको भन्दा पनि धेरै लिएको आममानिसको गुनासोलाई मध्यनजर गर्दे विद्यार्थी यूनियनले सरकारलाई पत्र लेखेको हो।
देश भर भएको अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानले देशका विभिन्न भागहरूमा सयौँ नागरिकहरुको ज्यान गएको, सयौँंको नागरिकहरू सम्पर्क विहीन र घाइते हुदाँ पनि सरकारले आफ्नो दायित्व भुलेर फाइदाको लागी मात्र गरेको कार्य माथि यूनियनले आवाज उठाएको हो।
यस्तो समयमा गरिब, असाहय र विद्यार्थीको लागि निःशुक भाडा गर्न र आम नागरिकको लागि साविकै भाडा कायम गरि सहयोग गर्न समेत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सरकार समक्ष माग गरेको छ। अन्यथा अनेरास्ववियूले आन्दोलनमा उत्रने चेतावनी दिएकाे छ।
तपाईको बिचार