काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जा जिल्ला कमिटीको ११औँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं केन्द्रीय कमिटी सचिव श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा उक्त वैठक स्याङ्जा पुतलीबजारमा सम्पन्न भएको हो।
बैठकमा केन्द्रीय सदस्य अमरनाथ शर्मा, केन्द्रीय अनुशासन आयोग सदस्य खड्ग नेपाली, केन्द्रीय सल्लाहकार सदस्यहरू गुमान सिंह थापा र लोकराज शर्माको उपस्थिति रहेको थियो।
प्रदेश सदस्यहरू खड्ग राना भाट, प्रेम के.सी, हिमलाल गिरी, आइसीटीयू गण्डकी अध्यक्ष तिलक बि.क र स्याङ्जा अध्यक्ष मोहन गिरीको उपस्थितिमा सम्पन्न बैठकमा सायरा बानुले स्वागत मन्तव्य राखेका थिए ।
जिल्ला कमिटी स्याङ्जाका उपाध्यक्ष शंकरध्वज कार्कीले सञ्चालन गरेको कार्यक्रममा संगठनको योजना र बाढी, पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको उपचार र उद्दर तथा राहतका निम्त सरकारुँग माग गरेको छ।
तपाईको बिचार