काठमाडौं । पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाइँको जोडी बिजयी भएको छ ।
उनिहरुको जोडीले माधब आचार्य र सूर्य कडरियाको जोडीलाई २१–१९ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । बिजयी बनेका सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन भने कृष्णहरि पिएफसीबाट खेल्ने गर्छन् ।
यसैगरी भेट्रान्सतर्फ नारायणदास श्रेष्ठ र नारायण प्रसाईंले कालीदास देबकोटा र सुमन श्रेष्ठलाई १७–२१, २१–१५ र २२–२० ले पराजित गर्दै बिजयी बन्यो ।
पीस फिटनेस सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको यो प्रतियोगितामा खुल्ला तर्फ ५१ टिम र भेट्रानतर्फ १७ टिमले भाग लिएको पिएफसीका अध्यक्ष संजय कपालीले जानकारी दिए । बिजेता खेलाडीहरुलाइ नगद शील्ड तथा प्रमाणपत्र बितरण गरिएको आयोजकले जनाएको छ ।
तपाईको बिचार