काठमाडौं । काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु भएको छ । काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि २५ औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको हो ।
काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड’ को संयुक्त आयोजनामा २०८१ असोज ११ गते शुक्ररबारदेखि सुरू भएको सम्मेलन १३ गते ९सेप्टेम्बर २७ देखि २९, सम्म तीन दिन चल्नेछ।
विश्व साहित्यमा मानव र प्रकृतिबिचको सम्बन्धलाई शूक्ष्म विश्लेषण र समालोचना गर्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहने अन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको विद्वत्सञ्जाल हो सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के९कस्ता प्रभाव पार्छन् भन्नेलगायत छलफलका विषय समावेश गरिएको छ। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागी रहेका छन ।
करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा। कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूहको छलफल विशेष आकर्षणका रूपमा रहेको छ।
तपाईको बिचार