एकीकृत समाजवादी  झापा जिल्ला कमिटीको बैठक सम्पन्न

एकीकृत समाजवादी  झापा जिल्ला कमिटीको बैठक सम्पन्न

865

झापा । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) झापा जिल्ला कमिटीको बैठक सम्पन्न भएको .छ । बैठकले पार्टीको झापा जिल्ला कमिटीको अधिवेशन यही पौष १४ र १५ गते बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा  उमेश तिम्सिना र जिल्ला कमिटी सदस्यमा  दीपक उप्रेतीलाई सर्वसम्मत चयन गरेको छ। यस्तै बैठकले बासु दुलालले  जिल्ला कमिटी उपाध्यक्षबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

बैठकले नेताहरूको कार्यविभाजन पनि गरेको छ बैठकले एकमत र एकताको साथ पार्टी संगठन निर्माणमा जुट्ने निर्णय गरेको छ । पार्टी जिल्ला कमिटीको उपाध्यक्ष र सदस्य पदमा  चयन हुनुभएका तिम्सिना र उप्रेतीलाई बैठकले हार्दिक बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना समेत दिएको छ ।  शनिबार झापा पार्टी कार्यालयमा जिल्ला अध्यक्ष वेदराज रेग्मीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य  नीलमणि बरालको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । 

बैठकमा सहित पार्टी जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कार्यालय कमिटीका सदस्यहरू, जिल्ला कमिटीका सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य हरूको उपस्थिति रहेको थियो । पार्टीको जिल्ला कमिटीबाट राजिनामा दिएका दुलालले आफ पार्टीका अन्य जिम्मेवारीमा रहेर सक्रियताका साथ अघि वढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
 

तपाईको बिचार