काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो ।
दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि सरोकार भएका निकायको एकीकृत प्रयास जरुरी रहेको बताए ।
सूचनामा पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सार्वजनिक क्षेत्रमा सूचनाको हक मूलप्रवाहीकरण विषयक राष्ट्रिय गोष्ठी’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सूचनाको हक महत्वपूर्ण हुने भएकाले यसको कार्यान्वयनमा सबै निकायको एकीकृतमा प्रयासमा जोड दिए ।
आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिकलाई प्रश्न सोध्नसक्ने बनाउन सूचनाको हक एउटा औजार हुनसक्ने बताए । कानुनले प्रदान गरेको सूचनाको हकले सार्वजनिक निकायलाई जिम्मेवार बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।
यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस को सन् २०२४ को नारा “”Mainstreaming Access to Information and Participation in the Public Sector”.” रहेको छ ।
यस वर्ष सूचनाको माध्यमहरुमा आटिृफिसियल इन्टेलिजेन्स, अनलाइन डिजीटल माध्यम र पहुँचका बारेमा बहस गरिँदैछ । सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा “UNESCO” कार्यरत छ।
तपाईको बिचार