काठमाण्डौं । कुलेखानी जलाशयको ढोका खोलिएको छ । अविरल वर्षापछि मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएपछि जोखिम घटाउन जलासयको ढोका खोलिएको हो ।
जलाशयमा पानी तोकिएको सतहभन्दा माथि पुगेपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको छ । जलाशययमा पानीको तह १५३०.९३ मिटर पुगेको छ ।
जलसतहको जोखिम घटाउन विद्युत् गृहलाई निरन्तर सञ्चालन गरिएको छ । विद्युत गृहबाट ६० मेगावाट विद्युत उत्पादन हुन्छ ।
तपाईको बिचार