पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकामा रेबिज विरुद्धको सप्ताहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ। पशु सेवा शाखा, दीप ज्योति युवा क्लब र रेडपान्डा नेटवर्कको आयोजनामा फालेलुङ गाउँपालिकामा रेबिज विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हो ।
कुकुर, बिरालो लगायत घरपालुवा जनवारलाई लक्षित गरी रेबिज विरुद्धको खोप अभियान अन्तर्गत वडा नं. १ खुँगा कुटिडाँडा केन्द्रमा ४४ वटा कुकुरलाई रेबिज विरुद्ध खोप लगाइएको छ। यसै गरि वडा नं. २ को पञ्चमुखी केन्द्रमा ३ बिरालो र ५८ कुकुर गरी ६१ कुकर- बिरालोमा रेबिज विरुद्धको खोप लगाइएको छ।
असोज ७ गतेदेखि सुरु भएको खोप अभियान असोज १२ गतेसम्म चल्ने बताइएको छ। फालेलुङ गाउँपालिकाको ८ वटै वडामा खोप अभियान सञ्चालन गरिने दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा राईले बताए।
तपाईको बिचार