चितवन । नारायणगढ- मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ । सडक दबेको कारण ठूला सबारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भासिएको ठाममा एउटा गाडी पल्टिएको छ ।
भासिएको ठाउँमा ग्राभेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजगता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । लगातारको वर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
तपाईको बिचार