काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको न्याय परिषद्को सचिवालय बैठकले उनीहरूको सरुवा गरेको हो ।
उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ।
त्यसैगरी उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ।
तपाईको बिचार