काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामको पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेको छ ।
लामो समयदेखि प्रशासकीय अधिकृतको विषयलाई लिएर जनप्रतिनिधि र कर्मचारी बिचको विवाद सृजना गरी नगरलाई निजी स्वार्थको साधन बनाएको भन्दै विभिन्न १३ बुँदे माग सहित पञ्चदेवल विनायक नगरपालिकामा तालाबन्दी गरेको छ । तालाबन्दी किन भन्दै नेकपाले ताला लगाएको छ ।
आफूहरू सहित स्थानीयले उठाइरहेका मागहरूलाई समेटेर नेकपाले बिहीबारदेखि नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ । उस्ले आन्दोलन लाई साथ र ऐक्यवद्धता जनाउन आम नगरवासीलाई आव्हान समेत गरेको छ ।
नेकपाले गरेको आन्दोलनमा हाम्रो पनि साथ र समर्थन भएको भन्दै नेकपा एमालेले पनि चाडवाड पछि आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ । मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावलले विधि र नियम विपरीत नियुक्त गरेका तल्लो तहका कर्मचारी मार्फत आर्थिक प्रशासन संचालन गर्ने उदेश्यले त्यहाँ पठाइएका प्रसासकिय अधिकृत पदम बहादुर माझीलाई आर्थिक प्रशासनको अधिकार नदिएपछि समस्या थप जटिल बन्दै गएको हो ।
तपाईको बिचार