बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ-उपाध्यक्ष खतिवडा

बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ-उपाध्यक्ष खतिवडा

793

काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) का उपाध्यक्ष तथा पूर्वसांसद जगन्नाथ खतिवडाले नेपालको आन्तरिक गृहकार्यको अभावका कारण बीआरआई परियोजनाको कार्यान्वयन हुन नसकेको  बताएका छन् ।

 ‘नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव’ का अवसरमा नेपाल चीन मैत्री युवा संघफ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली सेवासँगको सहकार्यमा ‘बीआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष खतिवडाले नेपालले आफ्नो बलियो सर्तसहित यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

चीनले नेपालको स्वाधिनता माथि आँच आउने कुनै पनि काम नगरेको उल्लेख गर्दै उपाध्यक्ष खतिवडाले बीआरआर्ईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्ने बताए । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बराल, नेकपा (माओवादी केन्द्र ) का महासचिव तथा पूर्वमन्त्री देवप्रसाद गुरुङ, पूर्वउपप्रधानमन्त्री तथा नेकपा ( माले ) का महासचिव सीपी मैनाली, रुसका लागि पूर्व नेपाली राजदूत, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ,संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेल, नेपाल (चीन मैत्री युवा संघका सचिव दीपक देवकोटाले धारणा राखेका थिए भने चीनको राजधानी पैचिङबाट सिजिटिएन नेपाली सेवाका प्रमुख सुमेघाले भिडियो सन्देश पठाएकी थिईन्

कार्यक्रमका वक्ताहरूले  चीनको महत्वकाङ्क्षी तथा विश्वव्यापी परियोजना बीआरआई नेपाल र नेपालीको हितमा रहेकोले यसलाई अविलम्ब कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका थिए ।

नेपाल चीन मैत्री युवा संघका अध्यक्ष विष्णु प्रसाद सापकोटा जुगल को सभापतित्वमा सम्पन्न सो अन्तरक्रियालाई फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले सहजीकरण गरेका थिए । अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपालस्थित मैत्री संस्थाका पदाधिकारी तथा प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, शिक्षक, विद्यार्थी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

तपाईको बिचार