काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औं अधिवेशन बिहीबारबाट सुरु हुँदै छ । किर्तिपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उक्त अधिवेशनमा अध्यक्ष पदका शसक्त उम्मेद्वार हुन् पवन कार्की ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले सोमबार एक अपिल मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । कार्कीले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति विधि र थितिमा चलाउनका निम्ति भएको बताएका छन् ।
संगठनका अध्यक्ष पञ्चा सिंहको नेतृत्वलाई अस्वीकार गरेर समानान्तर केन्द्रीय समिति चलाएर आएका कार्कीले आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्न गर्ने मात्र नभै उत्तर दिन सक्ने आन्दोलन बनाउनका लागि भएको बताउँदै आएका छन् ।
राजधानी प्रेससँगको कुराकानीमा भनेका छन् मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनिरहेको सन्दर्भमा यस्को औचित्यता अझै छ भन्ने कुराको पुष्टि गर्ने गरी विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।
संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा बहालीका निम्ति आफ्नो उम्मेद्वारी भएको भन्दै अध्यक्षका उम्मेद्वार कार्कीले विद्यार्थी आन्दोलनलाई जनताको आवाज बोल्ने निकायको रुपमा स्थापित गर्ने, दलालीकरण र निजिकरणबाट शिक्षा क्षेत्र ध्वस्त भएकोले त्यसका विरुद्ध संघर्ष गर्ने साथै विद्यार्थी आन्दोलनले विद्यार्थीहरूका एजेण्डा उठाउने र स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
आन्तरिक श्रोत र साधन कब्जा गर्ने विदेशी नीतिको भण्डाफोर गर्नुपर्ने. सन्धि सम्झौताको खारेजीका सवाल उठान गर्नुपर्ने, समग्र आन्दोलनको फ्रन्ट लाईनमा विद्यार्थी आन्दोलनले भूमिका खेल्नुपर्ने, विसुध्द शैक्षिक क्षेत्रको रूपान्तरण र परिवर्तनका निम्ति समाजवादी शिक्षा प्रणाली लागू गर्न दवाव सृजना गर्नुपर्ने, दलाल पुँजीवादले गिजोलिरहेको वर्तमान सन्दर्भमा समग्र शिक्षा क्षेत्रको परिवर्तनका निम्ति साझा एजेण्डाहरू स्थापित गरी शिक्षा क्षेत्रको अराजकता र बेथितिको सुधारका लागि अघि बढ्नुपर्ने थुप्रै कार्यभार भएको भन्दै कार्कीले दुई वर्गको शिक्षा प्रणालीको अन्त्य गर्दै निजीकरण र माफियाकरणको चङ्गुलमा रहेको शिक्षा क्षेत्रको सुधार गर्ने दायित्व राज्यकै भएको उनको बुझाई छ । विद्यार्थी आन्दोलनले त्यसको संयोजनको काम गर्नुपर्ने उनको भनाई छ ।
स्रोत साधनको पहिचान गरी उत्पादन संग जोड्ने शिक्षा प्रणाली जहाँ जिवन र व्यवहारसँग जोडिएका सबाल हुन् जस्का लागि ०२८ सालको शिक्षा नितिमा परिवर्तन रहेको भन्दै अवको आन्दोलनले त्यस्ता सवाल उठान गर्ने गरी आफ्नो उम्मेद्वारी रहेको बतााएका छन् ।
उनले सहमतिको नाममा हुने गरेका जुन प्रथा छन् त्यसलाई यसै पटकबाट तोडेर लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने जुन कार्यकर्ताले रुचाएको र छानेको नेता वास्तविक विद्यार्थीहरु संगठन हस्तान्तरण गर्ने गरीको कार्यक्रम रहेको उनले बताए ।
बागमती प्रदेश, अझ उपत्यका र उपत्यका भित्रका क्याम्पसमा बलियो पकड भएका कार्की विद्रोही छवि बनाएका बलियो उम्मेदवार हुन् । रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा जन्मेका कार्की बानेश्वर क्याम्पस,नेपाल कमर्श क्याम्पस मिनभवनमा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वदायी भुमिका निर्वाह गर्दै उपत्यका क्याम्पस जिल्ला कमिटी सचिव अध्यक्ष ,वाग्मती प्रदेश कमिटीको संयोजक हुँदै संगठनको केन्द्रिय सदस्य, सचिव हुँदै अखिल क्रान्तिकारीको २२ औं सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी संहालिसकेका छन् ।
तपाईको बिचार