बुढानिलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार गर्नु पर्नेमा जोड

बुढानिलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार गर्नु पर्नेमा जोड

157

काठमाण्डौं । वागमती प्रदेस सभाका सदस्य जयराम थापाले धार्मिक र पर्यटकीय हिसावले धेरै सम्धावाना बोकेको बुढानिलकण्ठ क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार पार्नु पर्ने बताएका छन् ।
४५ औं विश्व पर्यन दिवसको अवसर पारेर बुढनलिकण्ठ नगरपालिका र सोट्टो नेपालको आयोजनामा एकदिवसीय पदयात्रा कार्यक्रममा बोल्दै सांसद् थापाले यस क्षेत्रलाई पदमार्ग सहित धार्मिक र साइक्लिडं गर्ने प्रमुख गन्तब्यका रुपमा बिकास गर्नु पर्ने जोड दिए । उनले सुरक्षाका हिसावले यो क्षेत्र संबेदनशील भएपनि सिस्टम बसाएर अहिले भन्दा सहज बनाउने उनको भनाई थियो ।

ऐतिहासिक बुढानिलकण्ठ मन्दिर परिसरबाट शुरु भएको पद यात्रा नगरपालिका कै ५ नम्बर वडा मा पर्ने डाँडागाउँमा पुगेर समापन भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले सरकारले यस क्षेत्रको विकास र उन्नतिको लागि योजनावध्द ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

पद यात्रा कार्यक्रमको सुभारम्भ गर्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठराम अधिकारीले पालिकामा आफै पर्यटन बोर्ड गठन गरेर पर्यटन नीति तयार पार्न लागिएको बताए ।

वोर्डले पेश गर्ने कार्य अनुसार बढी भन्दा बढी पर्यटन यस धार्मिक नगरीमा ल्याउन कोेसिश गरिने मेयर अधिकारीले जानकारी दिए ।

मेयर अधिकारीले भने, अब बोर्डले पेश गर्ने कार्य योजना अनुसार बार्षिक क्यालेण्डर बनाएर लागू गरिने छ ।

कार्यक्रममा उपप्रमुख अनिता लामाले पालिकाले बर्षै भरि पर्यटन उत्सव मनाउन बोर्ड गठन गरेको जानकारी दिैंदै प्रकृति र साँस्कृतिक विविधताले भरिपूर्ण यस नगरलाई विश्वसामू परिचित गराउन कुनै कसर नराख्ने बताइन् ।

उनले भनिन, साँस्कतिक रुपले अनुपम यसै स्थलमा खप्तड बाबाको समाधिस्थल र शिवपुरी बाबाले ज्ञान प्राप्त गरेको भूमि भएकोले पनि यो नगर अन्य भन्दा बिषेश छ ।

यसै नगर क्षेत्रमा शिबपुरी निकुञ्जको धेरै भाग र बिस्णुको शिर बिस्णुदवर छन् ।

उनले जामचेन स्तुपा, कपन गुम्वा र नागी गुम्वा जस्ता धार्मिक स्थललाई आन्तरिक तथा बाह् पर्यटकका रोपाइमा पार्न नगरले गठन गरेको बोर्ड काम गरिरेको बताइन् ।

 

नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले नयाँ गठन भएका नगरपालिका मध्ये बुढानिलकण्ठले पहिले पटक आफनै पर्यटन बोर्ड गठन गरेकोले यस क्षेत्रको बृहत्तर विकासका लागि बोर्डले बनाएको नीति अनुसार डीपीआर तयार पारेको बताए ।

उनले पर्यटनको दीगो विकासका लागि डीपीआर अनुसार बर्षै भरि पर्यटक आउने वातावरण बनाइने जानकारी दिए ।

तपाईको बिचार