काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराधको मुद्दामा साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरी प्रसाइलाई पक्राउ गरेको हो ।
साइबर ब्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोली र महानगरीय प्रहरी परिषर भक्तपुर र ठिमी वृत्तको संयुक्त प्रयासमा उनलाई पक्राउ गरीएको हो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने ,बेश्यावृति गरेको आरोप लगाउँदै तथा आपत्तिजनक अभिव्यक्ति गरेको आरोप सहितको उजुरी परेपछि अदालतको अनुमतिमा उनलाई पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाईं पक्राउ

तपाईको बिचार