काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यदलको बैठक बस्दै छ । आइतबार आज दिउँसो १२ बजे सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ । कार्यदलको बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ ।
पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरुको कार्यविभाजन गर्ने तयारी गरेको हो ।
असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन ।
उपमहासचिव रामकुमार भट्टराईले आज दिउँसो बस्ने कार्यदलको बैठकले नेताहरूको कार्यविभाजन गर्ने जानकारी दिए । उनका अनुसार कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोकिने बताईएको छ ।
तपाईको बिचार