काठमाडौं । लायन्स क्लव अफ काठमाडौंको सहयोगमा लियो क्लव अफ काठमाडौं सिष्टलाई पिन एवम प्रमाणपत्र वितरण गरिएको छ ।
पिन वितरण कार्यक्रममा बोल्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ डि का गभर्नर लायन शुरेन्द्र प्रकाश वालायले आप्mनो अध्ययन तथा पेशा व्यवसायलाई बाधा नपर्नेगरी बचत भएको समयलाई सेवामा लगाउन अनुरोध गरे ।
उनले युवाहरु कुलतमा नफसुन र आप्mनो पेशा व्यवसायमा थप जोश जांगरका साथ काम गरुन र नेतृत्व क्षमता विकास होस भन्ने अभिप्रायले लियो क्लवहरु स्थापना भएको जानकारी गराए ।
फष्ट भाइस डिष्ट्रिक गभर्नर लायन महेश आचार्यले युवाहरुमा देखिएको उत्साह र उमंगलाई कायम गर्दै अनुशासित र मर्यादित जीवन जीउन लायन्सले सहयोग पुर्याउने धारणा राखे ।
सिष्ट कलेजका प्रमुख बाबुराम हुमागाईले आपूmले लायन्सको कार्यक्रममा पहिलो पटक सहभागी हुने अवसर पाएको र आप्mनो कलेजका विद्यार्थीहरुको सक्रियतामा अध्ययनमा वाधा नपर्नेगरी सेवाका कार्यमा समेत लागि परेको कुरा सुन्दा हर्षित भएको बताए ।
त्यसैगरी द्धीतिय भाइस डिष्ट्रिक गभर्नर लायन योगराज कंडेलले नेपालमा धेरै अवसर छन् ती अवसरहरुलाई युवाहरुले आप्mनै देशमा पहिचान गरी अगाडि बढ्न सुझाव दिए ।
यसैगरी लियो मल्टिपल डिष्ट्रिक ३२५ डी का भाइस प्रेसिडेण्ट एवं डिष्ट्रिक ३२५ डि का प्रेसिडेण्ट लियो मिलन शाहीले युवाहरु योजना र कार्यक्रम बनाउदै लायन्स क्लव एवं डिष्ट्रिकबाट संचालन हुने कार्यक्रमलाई महत्व दिइ अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रम लायन्स क्लव अफ काठमाडौंकी सचिव लायन अपार खड्का र लियो क्लव अफ काठमाडौं सिष्टका सचिव लियो विशेष घिमिरेले संचालन गरेका थिए भने लियो क्लव अफ काठमाडौं सिष्टका प्रेसिडेण्ट लियो बिप्लव अधिकारीको अध्यक्षता गरेका थिए ।
तपाईको बिचार