काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताएका छन् ।
एमाले केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजित ३ दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि जनतामा आत्मविश्वास पनि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताए ।
आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एकढिक्का भएर संगठन निर्माणमा जुटेको बताए । केन्द्रीय स्कुल विभागद्वारा आइतबार धनगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ६४ जना सहभागी छन् ।
तपाईको बिचार