एमाले युवाको भविष्य खोज्न व्यस्त,पालिका अध्यक्ष घाँस फाँडेको भिडियो हालेर मस्त 

एमाले युवाको भविष्य खोज्न व्यस्त,पालिका अध्यक्ष घाँस फाँडेको भिडियो हालेर मस्त 

765

 काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी( एमाले ) ले आत्मनिर्भरता, स्वरोजगार र रोजगारको अवसर सृजना गराउन ड्राइभिङ कक्षा सुरु गरेको छ।
विशेष गरी  कामको सिलसिलामा काठमाडौँ  आएर बसोबास गर्ने काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका नागरिकलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी ( एमाले) भुम्लु काठमाडौं सम्पर्क मञ्चले ड्राइभिङ अभिमुखीकरणको कक्षा सुरु गरेको हो  ।

तलिममा ४५ जना सहभागी छन् । जसमा ८ जना महिला छन् । आर्थिक अवस्था कमजोर भएकाहरूलाई निशुल्क र अरुलाई ५ हजार रुपियाँमा तालिम दिने बताइएको छ ।

 भुम्लुका नागरिकलाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको उक्त कार्यक्रममा सुरुमा २० दिनको कक्षा लिने र  त्यति दिनमा लाइसेन्स लिन नसकेमा पुनः थप सीप सिकाएर ड्राइभिङको लाइसेन्स निकाल्न सक्ने बनाउने लक्ष्य लिएको सम्पर्क मञ्चको भनाइ छ ।
ड्राइभिङ तालिम लिन आएका युवासँग नेकपा एमालेका पोलिटब्युरो सदस्य, सङ्घीय सांसद गोकुलप्रसाद बाँस्कोटाले समेत अन्तरकृया गरेका थिए ।

कक्षाको शुभारम्भ गर्दै  पूर्वमन्त्री बाँस्कोटाले नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको समन्वयमा भएको तालिमले रोजगारीको आधार सृजना गराएको उल्लेख गरे  ।  तालिम सीप, श्रम र रोजगारी नै उत्पादन बृद्धिको आधार  हो, उनले भने ।  युवालाई सीप र रोजगारसँग जोड्ने लक्ष्य लिएर कक्षा सुरु गरिएको नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले जानकारी दिए । हामीले भुम्लुका युवालाई जहाँ पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउँन नै यो कार्यक्रम ल्याएका हौं, उनले भने – हामी अझै महिलाहरूको लागि पनि छुट्टै कार्यक्रम ल्याउने तयारीमा छौँ ।


उनले सीप र श्रम बिना युवाको भविष्य उज्ज्वल नहुने भएकाले ड्राइभिङ तालिम दिएर स्वरोजगार र रोजगार बनाउने अभियान अघि बढाएको दाबी गरे ।
आफू भुम्लुको माटोमा हुर्किएको र भुम्लुली नागरिकलाई आत्मनिर्भर बनाउन पाए बेग्लै आनन्द हुने लामाको भनाइ छ । भुम्लुको स्थानीय स्थतरमा नेतृत्व गर्नेहरुले युवाप्रति कुनै चासो नदेखाएपनी एमालेको भुम्लु काठमाडौं सम्पर्क मञ्चले  ड्राइभिङ कक्षा सुरु गरेपछि भुम्लुली युवाहरूले खुसी व्यक्त गरेका छन् ।

उता, भुम्लुपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल भने युवाको चासो त परको कुरा समृद्धिको ढोका खोलौँ भन्दै घाँस फाँडेको भिडियो फेसबुकमा हाल्न व्यस्त छन् । 

तपाईको बिचार

सम्बन्धित खबर