फानको अध्यक्षमा दिलिप बादे निर्बाचित

फानको अध्यक्षमा दिलिप बादे निर्बाचित

919

काठमाडौ । फ्लोरिकल्चर एशोसिएसन नेपालको शुक्रबार सम्पन्न ३२ औं बार्षिक साधारण सभाले दिलिप बादेको अध्यक्षतामा कार्यसमिती निर्बाचित गरेको छ ।

अध्यक्ष पदमा  भएको निर्बाचनमा निर्बतमान अध्यक्ष मिन बहादुर तामाङलाई बादेले पराजित गरेका हुन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा राजेश भक्त श्रेष्ठले सिताराम पन्त र उपाध्यक्षमा राम बहादुर तामाङले बिश्वमणि पोखरलेलाई पराजित गर्दै निर्बाचित भएका छन् ।
कार्यसमितीमा निर्बिरोध निर्बाचित हुनेहरुमा क्रमशः महासचिबमा हिरामणि शर्मा, सचिबमा राजु तामाङ, कोषाध्यक्षमा राज कृष्ण बजगाइ रहेका छन् । सदस्यहरुमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्र कुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रन्जिता जिमी र कमला लामा निर्बिरोध निर्बाचित भएका छन् ।

नयाँ बनेको कार्यसमितीलाई निबर्तमान अध्यक्ष मिन बहादुर तामाङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । नबनिर्बाचित अध्यक्ष बादेले निर्बाचित गराउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै पुष्प ब्यबसायको बिकास बिस्तार र दिगोपनका लागि सबै पुष्प ब्यबसायी एक ढिक्का भएर लाग्नु पर्ने समय आएको बताए ।

तपाईको बिचार