अमेरिका जानुअघि प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

अमेरिका जानुअघि प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

891

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका हुन् । भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्ययोजना छ । सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर