निराशा फैलाउने कुचेष्टा र हल्लाका पछाडि नलाग्न सचिव कुँवरको आग्रह 

निराशा फैलाउने कुचेष्टा र हल्लाका पछाडि नलाग्न सचिव कुँवरको आग्रह 

2119

काठमाण्डौ नेकपा ( एकीकृत समाजवादी ) का सचिव एवं पूर्व मन्त्री शेरबहादुर कुँवरले हल्लाका पछाडि नलाग्न देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

दशौं महाधिवेशन बाट निर्वाचित केन्द्रिय कमिटीको प्रथम बैठकले निर्वाचन मार्फत केन्द्रिय पदाधिकारीको टुङ्गो लगाए पछि केही सन्चार माध्यमले पार्टी नेता कार्यकर्तामा निराशा फैलाउने कुचेष्टा राखेर समाचार प्रकाशन प्रसारण गरेको भन्दै सचिव कुँवरले आम नेता तथा कार्यकर्तालाई हल्लाको पछि नलागी पार्टी र संगठन निर्माणमा लाग्न आग्रह गरे ।

उनले यस्ता हल्लाका विषयवस्तुलाई गम्भीरताका साथ लिँदै आफू लगायत ६ जना सांसद र एक सय ५०  केन्द्रीय कमिटीका सदस्यको हस्ताक्षर गरेको र कतिपय ठाउँमा आफ्नो नाम पनि हल्ला चलाएको प्रति गम्भिर भएको भन्दै त्यस्ता कृयाकलापमा  आफू  कहीं कतै संलग्नता नभएको र नहुने दावी गरेका छन् ।

पार्टीको प्रथम केन्द्रिय कमिटीको बैठकले पदाधिकारी छनौटको निर्वाचनमा आफूलाई लोकप्रिय मत प्राप्त गरे पछि त्यस बाट अत्तालिएकाहरूले आफू विरुद्ध हुँदै नभएको अनावश्यक प्रचार गरेर पार्टी र नेतासँगको सम्बन्धलाई टाढा बनाउने घृणित काम गरेको भन्दै त्यस्ता प्रवृत्तिसँग आफू  सचेत र सजग भएको जनाएका छन् ।

सचिव कुँवरले  नेता पार्टी कार्यकर्ता र जनताको बिश्वासलाई कहीँ कतै टुट्न नदिन आफू प्रतिबद्ध भएको भन्दै नेकपा ( एकीकृत समाजबादी ) को केन्द्रिय नेतृत्वमा बसेर  अन्य पार्टीको प्रशंसा गर्न र  गुणगान गाउन कसैलाई छुट नभएको भन्दै ब्याक्तिबादी प्रवृत्ति खराब सोच चिन्तनले आफ्नो पार्टीको वृद्धि विकास नहुने बताएका छन् ।

कम्युनिष्ट पार्टी निश्चित बिधि, पद्धतिमा चल्ने भएकोले त्यसै अनुसार आफू अगाडि बढेको बताउँदै सचिव कुँवरले पार्टीको प्रथम केन्द्रिय कमिटीले गरेको निर्णयलाई सबैले स्वीकार गरेर अगाडि बढ्नको विकल्प नरहेको बताउदै कुँवरले  पार्टीमा बसेर पार्टी बिरोधि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा ( एकीकृत समाजवादी ) मा आन्दोलनको अनुभवले खारिएका थुप्रै नेता कार्यकर्ताको ठुलो पंक्ति छ सबैले आफूलाई पदाधिकारीको रूपमा प्रस्तुत हुन इच्छा राख्नलाई कुनै अनौठो रुपमा लिनु नहुने भन्दै सीमित पदाधिकारीमा असीमित नेताको इच्छा राख्न स्वभाबिककै हुन्छ त्यसलाई गुट समुहको रूपमा नलिन सबै नेता कार्यकर्तालाई उनले आग्रह पनि गरेका छन् ।

पार्टीको प्रथम केन्द्रिय कमिटीको बैठकले लोकतान्त्रिक विधि पद्धति अनुसार पदाधिकारीको निर्वाचन भएकोले केही नेताहरू छुटे पनि पार्टीलाई अझै सशक्त ढङ्गले अगाडि बढाउन सक्ने आन्दोलन बाट खारिएर अनुभवीको राम्रो टिम आएको बताउँदै चलायमान पार्टी निर्माण गर्ने काममा लाग्न समेत उनले आग्रह गरे । पार्टी भित्र काम गर्ने नेता कार्यकर्ताका लागि जहिले पनि थुप्रै खालका अवसर हुने भन्नै उनले नेता कार्यकर्तालाई त्यसै अनुसार सम्पर्क सम्वन्वय र सहकार्य गदै जनतासँग काम गर्न अनुरोध पनि गरेका छन् ।

काठमाडौमा बस्ने ,संचार माध्यममा चर्को स्वरले बोल्ने अनि कोटेश्वर ,डल्लु धाउने कामले स्थानीय स्तरमा पार्टी निर्माण हुँदैन त्यसका लागि निरंन्तर जनताका बिचमा गएर जनभावना अनुसारको काम गरे पछि मात्रै साच्चिकै कम्युनिष्ट पार्टी निर्माण गर्न कुनै कठिनाइ नहुने बताउँदै सविब कुँवरले त्यस अनुसारको काम गरेर अगाडि बढ्न सबै नेता कार्यकर्तालाई अनुरोध  समेत गरेका छन् । 

तपाईको बिचार

सम्बन्धित खबर