काठमाडौ । बुड्वा मोन्टेनेग्रोमा हुन गईरहेको आईवा युथ मेन्स एण्ड उमेन्स वल्र्ड बक्सिङ प्रतियोगिताको छनौट प्रतियोगिताका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन ।
यहि मिति २०८१ भाद्र २४ र २५ गते सम्पन्न भएको खेलमा महिला महिला तर्फ ५२ के.जी तौल समूहमा जेनेक्सकी स्वस्तीका तिरुवाले ५—० अंकको आधारमा नक्सालकी दिव्या लिम्बूलाई पराजित गरिन् ।
त्यसैगरी महिला ६० के.जी तौल समूहमा कास्कीका निसिका गुरुङले ५—० अंकको आधारमा ललितपुरकी प्रीक्क्षा लामालाई हराई विजय प्राप्त गरेकी छिन् ।
त्यसै गरी पुरुष तर्फ ५१ के.जी तौल समूहमा एचटुओका अर्पिल रानाले ५—० अंकको आधारमा ए.बि.सिका पारस बोमजन तामाङलाई पराजय गरी विजय हासिल गरेका छन् ।
त्यसै गरी पुरुष तर्फ ५४ के.जी तौल समूहमा आर.डि.एसका रोसिस्की शाहीले ५—० अंकको आधारमा एचटुओका संजय पुन मगर संग विजय प्राप्त गरेका छन् ।
त्यसै गरी पुरुष तर्फ ५७ के.जी तौल समूहमा एचटुओका छेवाङ तामाङले ४—० इस्पीलिटको आधारमा कास्कीका साहिल लिम्बुलाई पराजय गरे ।
त्यसै गरी ६३.५ के.जी तौल समूहमा ललितपुरका रोविन के.सीले भाइबका आसिष रिजाललाई वल्क ओभरको आधारमा पराजय गरे ।
अन्त्यमा ६७ के.जी तौल समूहमा एसएसबीसीका भूगोल बम ठकुरीले केवाईबीसीका आर्दश कार्कीलाई युनानिमस ५ः० को आधारमा पराजित गर्दै छनौट चरण पार गर्न सफल रहे ।
छनौट प्रतियोगितामध्येका विजेताहरुमध्येबाट पनि उत्कृष्ठहरुलाई छनौट समितिको सिफारिसका आधारमा आगामी आईवा मेन्स एण्ड उमेन्स युथ वल्र्ड बक्सिङ च्याम्पियनशिपमा सहभागिता गराईने नेपाल बक्सिङ महासंघका महासचिव श्री मान बहादुर भण्डारीले जानकारी गराउनु भयो ।
छनौट प्रतियोगितामा नेपाल बक्सिङ महासंघका अध्यक्ष श्री राम अवाले, उपाध्यक्षहरु भोजराज सिटौला, ओम नारायण श्रेष्ठ, सविन भटटाचार्य, सचिव पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु संजय सिंह, नविन तण्डुकार, सुनिता महर्जन, आईवा थ्री स्टार कोचहरु दीपक महर्जन र किरण थापा, तालिम तथा प्रशिक्षण विभागका पुर्व निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर लगायतको विशेष उपस्थिती रहेको थियो ।
तपाईको बिचार