दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ- अस्मिता

दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ- अस्मिता

625

काठमाण्डौं । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । उनले पतिले आफूलाई मानसिक तनाव दिएको कारण त्यस्तो गर्न बाध्य भएको बतााईन् ।

सुन्दरहरैँचा ७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की गत शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए ।

घटनाको ५ दिनपछि झापा बिर्तामोडको सडकमा अस्मितालाई अस्वस्थ्य अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बन्दै गरेको घरमा पति अर्जुन कार्कीसँग विवाद हुँदा उनी २ छोरी लिएर घर छाडेर हिँडेकी थिइन् ।

तपाईको बिचार