जारी  एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

जारी  एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

683

काठमाडौं । हिजोबाट जारी नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट बैठक सुरु हुने् एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने जानकारी दिए । उनले धारणा राख्न प्रत्येक सदस्यहरूलाई तीन मिनेट समय दिइने बताए ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

यस्तै, महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर