जिब्रो थुत्नुपर्ने जस्ता अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआइजीपीहरूको माग

जिब्रो थुत्नुपर्ने जस्ता अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआइजीपीहरूको माग

101

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्नेु भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठनले आपत्ति जनाएको छ ।

पूर्व महानिरीक्षकहरूको संगठन पूर्व प्रहरी संगठन प्रमुख मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारका प्रवक्ता समेत रहेका गुरूङले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।

बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ विज्ञप्तिमा भनिएको छ, नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ। विज्ञप्तिमा उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर