संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. खतिवडा

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. खतिवडा

881

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो ।

सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर