काठमाडौं । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १५९औं जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। आजको दिनलाई विशेष बनाउन नेपाली शिक्षा परिषद् लगायत विभिन्न संस्थाहरूले साहित्यिक कार्यक्रमको आयोजना गर्दै छन्, जसमा मोतीराम भट्टको योगदानलाई स्मरण गरिनेछ।
भट्टको जन्म विसं १९२३ मा भाद्र कृष्ण कुशे औँसीका दिन भएको थियो र त्यही दिन विसं १९५३ मा ३० वर्षको उमेरमा उनको निधन भएको थियो।
नेपाली साहित्यको शृंगार रसका महत्वपूर्ण कवि मोतीराम भट्टले नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए। उनले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए र नेपालमा छापाखाना भित्र्याएर छापामार्फत पत्रकारिताको सुरुआत गरेका थिए।
तपाईको बिचार