पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते

 पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते

897

पाँचथर । पाँचथर  फालेलुङप्राखवुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ जना बालक घाइते भएका छन् । बिहीबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते भएका छन् ।

 फालेलुङप्राखवुङ डाँडागाउँका आइतरात केरुङको घरमा बिस्फोट भएको हो । विस्फोटमा परि चार जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर भएको  र एक जना सामान्य घाइते भएका छन् ।

विस्फोटमा परी दिलिप साँवाको ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रियाङका साँवा  सोही घरमा बस्दै आएका ज्ञान बहादुर राईका ११ वर्षीय छोरा पवन राई गम्भिर घाईते भएका छन् । भने विस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन् । गम्भिर घाईते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ भने  सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको फालेलुङ ५ वडाध्यक्ष भरत खपाङगीले बताए । ।

 घटना बिहीबार दिउँसो ३ः ३० बजे बिस्फोट भएको स्थानीयको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।

 सम्भवत  विगतको शसस्त्र द्वन्द्व कालमा छाडिएका माइन हुन सक्छ पाँचथरका अधिकारकर्मी मंगल वेघा भन्छन्  । केही वर्ष अगाडि हिलिहाङ गाउँपालिकामा पनि यस्तै घटना घटेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर