टानलाई गतिशील बनाउन हाम्रो साझा प्रयास रहने छ- प्रथम उपाध्यक्षका प्रत्यासी लम्साल 

टानलाई गतिशील बनाउन हाम्रो साझा प्रयास रहने छ- प्रथम उपाध्यक्षका प्रत्यासी लम्साल 

2428

काठमाण्डौ  । ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल ( टान ) को निर्वाचन तथा ४६ औं वार्षिक  साधारण सभाको तयारी सुरु भएको छ ।

आगामी भदौ १७ गते हुने टानको अधिवेशन दुई वर्षको कार्यकालको रहने छ  । नयाँ कार्यसमिति चयन प्रकृयाको लागि २ वटा समुह नै बनाएर यतिखेर पर्यटन व्यवसायीहरू चुनावी अभियानमा होमिएका छन् ।

जस अन्तर्गत धादिङका पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले प्यानल नै  बनाएर आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्षको उम्मेदवारका प्रत्यासी सापकोटा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका तर्फबाट नेतृत्व गर्दै संयुक्त प्यानल तयार पारेर चुनावमा होमिएका छन् ।  उनको समुहको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा उम्मेदवार बनेका छन् ।

यस्तै महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह- कोषाध्यक्षमा ल्हाक्पा तेम्बा शेर्पा उम्मेदवार बनेका छन् ।  कार्यसमिति सदस्य पदमा अन्य ९ जनामा पवित्रा तामाङ, दावा ग्लाल्जेन लामा, सुमन अर्याल,सागर राई, राजु गुरुङ, दिनेशप्रसाद तिम्सिना, विश्व दाहाल (बी) ,भुवनबहादुर खड्का र छाप्त्ते लामा रहेका छन् ।

टानको आसन्न निर्वाचनमा सापकोटा समुहका प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको आगामी व्यावसायिक यात्रा भनेको श्रमिक र व्यवसायी दुवैका समस्या पहिचान गरी समाधानको बाटो खोज्नु रहेको बताउँछन् ।

टान मार्फत व्यवसायीको हक हित र संरक्षण रोजगारीको सृजना गर्नुपर्ने आवश्यक  भएको भन्दै व्यवसाय बचेमा मात्र पेशा सुरक्षित हुने उनको धारणा छ ।   उनी भन्छन् आफू संलग्न समुह मार्फत अब आफूहरूले स्मार्ट टानको लक्ष्य अवलम्बन गर्ने गरी कार्ययोजना अघि सारेको बताउँछन् ।

उनका अनुसार टुर एण्ड ट्राभल्स  व्यवसाय यतिबेला सङ्कटउन्मुख अवस्थामै छ  । देशका महत्वपूर्ण पदमार्गलाई विकासका नाममा मास्ने काम भइरहेको छ ।  राज्य स्वयंले मानव अधिकार मैतृ विकास पद्धतिलाई अवलम्बन गर्न नसक्दा आगामी दिनमा भोग्नुपर्ने समस्याका बारेमा सचेत गराउने देखि विश्वकै उत्कष्ट पदमार्गलाई विभिन्न बाहनामा महत्व घटाउने काम भइरहेको छ जसबारे सचेत गराउने बहस र पैरबी मार्फत सचेतना जागृत गर्ने दायित्व पनि आफूहरूसँग समेत रहेको भन्दै आफूहरूको नेतृत्वले  यी र यस्ता समस्याले यस व्यवसायमा जोडिएका करिब ६ लाखभन्दा बढी श्रमिक र ३ हजारको हाराहारीमा रहेका व्यवसायीसँगै मुलुकको पर्यटन क्षेत्रको भविष्यको समेत खोजि र संरक्षण बचाउ गर्नु पर्ने अवस्था रहेको उनको बुझाई छ ।

यस्ता छन् उक्त समुहले अघि सारेका २० बुँदे प्रतिवध्दताहरु-

 यदि समयमै यी समस्याको बेलैमा समाधान नगर्ने हो भने आगामी दिनमा ठूलो समस्या आउने उनको आंकलन छ ।
पदमार्ग बिना हाम्रो व्यवसाय नै रहन्न, त्यसतर्फ सरकारलाई नीतिगत तहबाटै जिम्मेवार बनाएर समस्या समाधान गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो, उनले भने ।

उनका शब्दमा नेपालको ७० प्रतिशत पर्यटन क्षेत्र पदमार्गमा निर्भर छ । यससँगै जोडिएका श्रमिक र व्यवसायीसँगै स्थानीयको आय पनि आउँछ । तर विकास निर्माणको अव्यवस्थित योजना बनाउँदा दूरगामीरुपमा पदमार्गमा ठूलो असर पुग्ने निश्चित छ । त्यसैले सरोकारवालालाई झक्झकाएर भए पनि समस्या समाधानका लागि आफ्नो भूमिका रहने उनले बताए ।

हामीले त पदयात्राबारे सबैलाई जानकारी नै गराउन सकेका छैनौँ, त्यसैले मेरो प्राथमिकतामा शिक्षामन्त्रालय र विश्वविद्यालयसँगको सहकार्यमा विद्यालय तहबाटै यसबारे चेतना जगाउनु आवश्यक भइसकेको उनले भने ।
उक्त समुहले चुनावी मैदानमा होमिएको सन्दर्भमा केही. प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनीहरुको समुहले पहिलो प्राथमिकतामा व्यवसायी र श्रमिकको हितलाई राखेका छन् ।

 

टानको प्रमुख जिम्मेवारी व्यवसायीको हितमा काम गर्नु हो । कोभिडपछि धेरै व्यवसायी धराशायी भएको अवस्था छ । केही पलायन भइसके भने केहीको अवस्था अहिले पनि नाजुक छ । त्यसबाहेक पदमार्गको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनसँगै नयाँ पदमार्गको विकासलाई पनि आफूहरूको  प्राथमिकतामा राखेका छन् । कतिपय ठाउँमा विकास निर्माणका नाममा पदमार्ग मास्ने काम भइरहेको उल्लेख गर्दै उनले कम हानी हुने गरी विकास निर्माण र पदमार्गको विकल्प खोज्ने गरी काम गर्ने योजना आफूहरुको प्रतिवध्दतामा समावेश गरेको उनले सुनाए ।

व्यवसायीले करका नाममा पाइरहेको दुःखलाई पनि अन्त्य गर्नुपर्ने छ ।  व्यवसायीहरुले राजस्व तिरिरहेका छौँ, त्यसबाहेक भ्याट पनि तिरिरहेको अवस्था छ । तर हामीले भ्याट फिर्ता पाउन सकेका छैनौँ, हामीले खर्च देखाउन पाएका छैनौँ, यसले व्यवसायीलाई समस्यामा पारेको छ यी र यस्ता समस्या समाधानमा काम गर्ने साझा प्रतिवध्दता जाहेर गरीएको छ ।
हाल कतिपय प्रतिबन्धित क्षेत्रमा एक जना मात्रै पर्यटक जान नपाउने व्यवस्था अन्त्य गर्दै अनिवार्य श्रमिकको व्यवस्थाका लागि नीतिगत तहमै पहल गर्ने योजना अघि सारिएको छ ।

उनीहरुका प्रतिध्दतामा योजनामा मुलुकमा प्रत्येक वर्ष एड्भेञ्चर ट्राभल मार्ट सञ्चालन गरी साहसिक पर्यटक बढाउनु पनि रहेको उल्लेख गरेका छन्  । यसमार्फत मुलुकको पर्यटन प्रबद्र्धन गर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त भ्लगर र युट्युवरमार्फत पर्यटन प्रबद्र्धन गर्ने उनीहरुको योजना छ ।

आफूहरूको प्रतिवध्दतामा नीति निर्माण प्राथमिकतामा दिने विषयलाई प्राथमिकतामा राखेको छ चार दशकभन्दा पुरानो पर्यटन ऐनलाई समय सापेक्ष संशोधन गरी पर्यटन क्षेत्रको दीर्घकालीन हित हुने गरी पारित गर्नका लागि पहल गर्ने योजनामा छ । यसैगरी संस्थालाई सूचना प्रविधिमा अब्बल बनाइ सहज सूचनाको पहुँच स्थापित गर्ने योजना छ ।  साथै टानलाई प्राविधिक र व्यवहारिक रुपमा स्मार्ट बनाउने योजना अनुरुप पारदर्शिता र सुशासन पनि आफूहरूको प्रमुख उद्देश्य रहेको उल्लेख छ ।

TAAN broser

 

 

तपाईको बिचार

सम्बन्धित खबर