रास्वपाको साधारण सदस्यबाटै निस्काशित भए मुकुल ढकाल

रास्वपाको साधारण सदस्यबाटै निस्काशित भए मुकुल ढकाल

103

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाटै हटाएको छ । रास्वपाले ढकाललाई मंगलबारदेखि भने पार्टी साधारण सदस्यबाटै हटाएको हो ।

रास्वपालेयसअघि महामन्त्री र केन्द्रीय सदस्य नरहने गरी निलम्बन गरेको थियो तर पार्टीको साधारण सदस्य भने यथावत् राखेको थियो ।

पार्टीको अनुशासन आयोगको सिफारिस अनुसार ढकाललाई साधारण सदस्यबाट समेत निस्काशन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए  ।

तपाईको बिचार

सम्बन्धित खबर