एकीकृत समाजवादीको सचिव पदमा दिलु पन्तको उम्मेदवारी

एकीकृत समाजवादीको सचिव पदमा दिलु पन्तको उम्मेदवारी

857

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिव पदमा युवा नेतृ दिलकुमारी (दिलु) पन्तले उम्मेदवारी दिएकी छ्न् । यसअघि पार्टीको केन्द्रिय पोलिटव्युरो सदस्य तथा युवा इञ्चार्जको जिम्मेवारी संहालेकी पन्तले यसपटक सचिव पदमा उम्मेदवारी दिएकी हुन् ।

नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनेपछि उनी पोलिटव्युरो सदस्य बनेकी हुन् । पोखराामा जन्मेर काठमाण्डौमा कर्मथलो बनाएकी युवा नेतृ पन्त युवा पुस्तामा लोकप्रिय छन् ।

पन्त तत्कालिन नेकपा एमालेमा हुँदा युवा फाँटको जिम्मेवारी समेत सम्मालेकी थिइन् । पार्टी विभाजनपछि खरो ढंगले एकीकृत समाजवादीको पक्षमा उत्रेकी नेता पन्त पछिल्लो पुस्तामा लोकप्रिय छन् । क्रियाशील र इमानदार नेताको छवि बनाएकी पन्तले पार्टी कार्यकर्ताबीच पनि सर्वााँधीक लोकप्रिय छन् । उनी आफू सचिव पदमा निर्वाचित हुनेमा विश्वस्त पनि छन् । पाँच जना खुल्ला सचिवको पदमा २७ जनाको उम्मेदरी परेको छ ।

केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।

निर्वाचनमा केन्द्रीय समितिका ३ सय ४४ सदस्यले १८ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य चयन गर्नेछ । एकीकृत समाजवादीको चयन हुन बाँकी १८ पदाधिकारीमा ७० जना आकांक्षीहरु प्रतिस्पर्धामा छन् ।
बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसहमत निर्वाचित भै सकेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर