एकीकृत समाजवादी झापाका ७० नेता कार्यकर्ता एमालेमा फर्किए

एकीकृत समाजवादी झापाका ७० नेता कार्यकर्ता एमालेमा फर्किए

767

झापा । झापामा नेकपा (एकीकृत समाजवादी) का ७० नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।

नेकपा एकीकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारी सहितका नेता कार्यकर्ताले पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी त्यागेको घोषणा गर्दै एमालेमा फर्किएका हुन् ।

यसरी एकीकृत समाजावदी त्याग गर्नेहरुमा अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।

 

तपाईको बिचार