बिपरीत ध्रुब एकता जनतामा निराशा

बिपरीत ध्रुब एकता जनतामा निराशा

1301

 

राजेन्द्र कुँवर

सत्ता लिप्साका लागि आफूले लिएको राजनीति बिचार मूल्य मान्यतालाई तिलाञ्जलि दिँदै सरकार सञ्चालनका लागि मात्रै विपरित ध्रुबको एकता भए पछि नेपाली जनतामा निराशा छाएको छ ।

फरक आस्था ,फरक बिचार ,फरक उद्देश्य लिएर स्थापना भएका राजनीति दलहरू अहिले सत्ताको उपभोगका लागि एक ठाउँमा उभिएर सरकार संचालन गर्दा पनि जनतामा कुनै आशाका किरण फैलिएका छैन ।

सत्ता प्राप्तिका लागि पछिल्लो समयमा नेपालका मुख्य राजनीतिक दलका नेताहरू आफूले बोकेको बिचार ,सिद्धान्त ,मूल्य मान्यतालाई बन्दकी बनाएर अघि बढेको तितो सत्य घाम जस्तै छर्लङ्ग भएको छ । यस्तो घृणित र दुषित कार्यले गर्दा अब नेपालका मुख्य राजनीतिक दलका नेता र तिनका कार्यकर्तामा आस्था ,बिचार ,त्याग बलिदान र निष्ठा सहितको राजनीति संस्कार समाप्त भएको हो चारै तिर प्रश्न उठिरहेका छ । सत्ताको स्वाद चाख्नलाई मात्रै एक ठाउँमा उभिने हो भने फरक राजनीतिक दल खोलेर बस्नको औचित्य समाप्त भएको हो भनेर टिप्पणी गर्नेको कुनै कमी छैन ।

वर्तमान सरकारको निर्माणले गर्दा नेकपा ( एमाले ) र नेपाली काँग्रेस आफ्नो नीति, सिद्धान्त ,बिचार ,मूल्य मान्यता , र आदर्श बाट च्यूत भएको सहजै अनुमान गर्न थालेका छन राजनीति विश्लेषकहरू

देशमा राष्ट्रिय सङ्कट आएर वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथी नै खतरा आयो , देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो देश र व्यवस्थाको रक्षा गर्न लागि एक ठाउँमा आएर देश र व्यवस्थालाई जोगाउने सङ्कल्प सहित ठूला राजनीति दल एक ठाउँमा उभिएको भए आम नागरिकको साथ,समर्थन र सहयोग रहने कुरामा कुनै दुबिधा छैन ।

अहिलेको गठबन्धन सरकारको निर्माण त अर्थतन्त्रलाई कम्जोर पार्न, वैदेशिक हस्तक्षेप बढाउन ,भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई जोगाउन ,गिरि बन्धु र टिकापुरका जग्गाको प्रकरणमा नाम जोडिएकालाई सफाया दिन ,सुन काण्ड ,ओम्नि काण्ड ,ललिता निवास बालुवाटार काण्ड एन सि एल काण्ड ,बिधुत महसुस नतिर्ने काण्ड र स्काउटको जग्गा प्रकरणमा जोडिएकाहरूलाई उन्मुक्ति दिन वर्तमान सरकारको गठन भएको तथ्य कसैले लुकाउन नसक्ने आम बुद्धिजीवीका बिचमा निकै चर्चा हुन थालेको छ ।

वर्तमान सरकारले माथि उल्लेखित काण्ड प्रकरणमा जोडिएका नाइके तिनका मतियारलाई कार्यबाही गरेर देशमा सुशासन कायम गर्न सक्ने हिम्मत छ ? आम सचेत आम ओ नेपाली नागरिकको मन मनै उठिरहेको प्रश्न हो यो ।
वर्तमान सरकारका प्रधानमन्त्रीले सरकारको बागडोर समालेको अघिल्लो दिन मात्रै यात्रुबाहक बस त्रीशुली नदिमा खसेर दर्जनौ नागरिक बेपत्ता कतिपयको अंगभंग देश शोकाकुलमा रहेको समयमा जनताका आधारभूत समस्यका बारेमा बेखबर हुँदै नेकपा (एमाले ) र नेपाली काँग्रेस का केही नेताहरू सत्ता रोहोणको उन्मादमा देखिन्थे ।

वर्तमान सरकार संचालनमा सहभागी राजनीति दलका नेताहरू देश र जनता प्रति कति जिम्मेवार छन भनेर बुझ्नलाई आम नागरिकलाई कुनै गाह्रो छैन । पुर्ब उपप्रधानमन्त्री भै सक्नु भएका डाक्टर भीमबहादुर रावलले यस्तो लेख्नु हुन्छ बारा जिल्लामा भारतका माछा खाँदा बालिकाहरूको निधन भएको दुःखद खवर सुनियो।विगतमा पनि भारतबाट फर्मालिन हालेका माछा नेपाली बजारमा आएकोमा व्यापक विरोध भएको थियो।सर्वोच्च अदालतले माछा मासु, तरकारी समेतका खाद्य वस्तु आयात गर्दा विषादीको परीक्षण गर्न सरकारलाई आदेश दिएको पनि धेरै समय भयो।सरकार के गर्दैछ त ? वर्तमान सरकार अहिले निकम्मा भएर टुलुटुलु हेरिरहेको छ ।

वर्तमान सरकारको गठन संगै देशभर प्राकृतिक प्रकोपले गर्दा धन जनको नोक्सान भएको छ ,एउटा प्लेन दुईवटा हेलिकप्टर दुर्घटना भएको छ पीडितलाई राहत क्षतिपुर्तिको काम छोडेर राजदूत लगाएत आफ्नालाइ कहाँ कसरी जिम्मेवारी दिएर आफू पनि चुस्ने अनि आफ्ना आसेपासेलाइ पनि चुस्न लगाउने काममा ब्यस्त छन ।

अब तपाईं हामीले एक पटक फेरि सोचौ विपरित धुर्बको एकताले देशमा भ्रष्टाचार मुक्त समाज देश जनताको भावना अनुसारको काम गरेर सुशासन कायम गरेर अगाडि बढ्न सक्ला ?

तपाईको बिचार