काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाए ।
जनार्दन शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गरेका छन् ।
उनले अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ ।
यस्ता छन् शर्माले गरेका प्रस्तावहरु –
Janardan sharma proposal about party
तपाईको बिचार