बंगलादेशमा धार्मिक आस्थाको आधरमा भएका हिंसा मानवअधिकारको उल्लंघन हो : अध्यक्ष थापा

बंगलादेशमा धार्मिक आस्थाको आधरमा भएका हिंसा मानवअधिकारको उल्लंघन हो : अध्यक्ष थापा

865

काठमाडौँ, २६ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले बंगलादेशमा धार्मिक आस्थाको आधरमा भएका हिंसाको भत्सर्ना गर्दै बिरोध गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाले आज एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो।

धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने बताउँदै उहाँले आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको उल्लंघन भएको वताउनुभयो।

हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न र पिडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्दै अध्यक्ष थापाले मानवता बिरुद्धको यस्ता घटनाप्रति धारणा सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो।

बंगलादेशमा आन्तरिक कारणले राजनीतिक परिवर्तन भएपछि पनि हिन्दू धर्मावलम्बीहरूको विभिन्न धार्मिक केन्द्र तोडफोड तथा धर्मावलम्बीहरूमाथि आक्रमण गरिएका समाचार सार्वजनिक भएका छ्न्।

तपाईको बिचार

सम्बन्धित खबर