काठमाण्डौं । जापानस्थित प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष द्रोणप्रसाद सिलवाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा (एकीकृत समाजवादी ) को केहि समय अगाडि सम्पन्न महाधिवेशनमा प्रस्तावित भई हालैको बैठकबाट सिलवाल केन्द्रीय सदस्यमा मनोनयन भएका हुन् ।
पार्टीको केन्द्रीय सदस्यमा बिदेशबाट मनोनित हुनेमा सिलवाल एक्ला ब्यक्ति हुन् । सिलवालले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने बताए ।
उनले भने म देश र जनताको हितलाई केन्द्रलाई राखी पार्टीको एक ईमान्दार सिपाहीकारुपमा कर्त्तब्यनिष्ठ भई काम गर्ने छु । नेपालको राष्ट्रिय राजनीतिमा प्रवासमा रहेका नेपालीहरुको आवश्यकता, औचित्य र महत्व साबित हुने गरी सक्रियतापूर्वक काम गर्ने वाचा गर्दछु ।’
उनी जापानको निगाता सहरमा रहेर ब्यवसाय गर्दै आईरहेका छन् । सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हुन् ।
तपाईको बिचार