पूर्वमन्त्री खानले बाँडे गुलरियाका दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

पूर्वमन्त्री खानले बाँडे गुलरियाका दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

129

वर्दिया । पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् । विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताए । खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए । उनले निकट भविष्यमा बिद्यार्थीका लागि बिशेष योजना बनाएर वालवालिकाको भविष्य निर्माणमा जोड दिइने बताए । कार्यक्रममा सहभागी बिधार्थीले गीत मार्फत स्वागतसंगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर