मिस कस्मो २०२४ मा भाग लिन भियतनाम जाँदै नेपालकी चेली निमिता रेग्मी

मिस कस्मो २०२४ मा भाग लिन भियतनाम जाँदै नेपालकी चेली निमिता रेग्मी

481

काठमाडौं । मिस कस्मो २०२४ मा भाग लिन नेपालकी चेली निमिता रेग्मी भियतनाम जाने भएकी छिन् । अछाम जिल्ला स्थायी ठेगाना भै हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपनकी निमिता रेग्मी नेपालका विभिन्न प्रतियोगिता जित्दै भियतनाममा हुन गईरहेको मिस कस्मो २०२४ मा भाग लिन जाने भएकी हुन् ।

उनी यहि सेप्टेम्बर १७ देखि भियतनाममा सुरु हुने मिस कस्मो २०२४ मा नेपालबाट पहिलो पटक भाग लिन त्यस तर्फ जाने भएकी हुन् । काठमाडौंमा आयोजित एक बधाई तथा शुभकामना कार्यक्रममा उनलाई सफलताको शुभकामना दिईएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता एन पी साउदले आत्मा बिस्वास बलियो बनाएर देशको इज्वत राख्ने गरी सहभागि हुन भनेका थिए ।

कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता रेग्मी समाजसेवी स्व नगेन्द्र रेग्मी डा.आरती कार्की(रेग्मी) कि जेठी छोरी हुन्।

बहु प्रतिभाकी धनि निमिताले भियतनाममा नेपाली कला संकृति ,सास्कृतिक सम्पदा र नेपाली पर्यटनको प्रबर्धनमा जोड दिने कार्यक्रम रहेको छ। उक्त मिस कस्मो २०२४ प्रतियोगितामा विस्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैछन्। उनी पेशाले आर्किटेक्ट डिजाइनर हुन्।

तपाईको बिचार

सम्बन्धित खबर