काठमाण्डौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । सिंहदरबारअगाडि रहेको बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए । यस्तै एमालेमा २ जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरेको छ ।
सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ । न्यौपाने केही समय अघि नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएका हुन् । यसैगरी आजको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज समेत तोकेको छ
कुन प्रदेशमा कस्लाई जिम्मेबारी
शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखनाथ भट्ट – सुदूरपश्चिम रहेका छन् ।
यसै गरी बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको छ ।
केन्द्रीय सदस्यमा
सुवास कर्माचार्य सिन्धुपाल्चोक
कुन्दन कुशहवा रौतहट
जितेन्द्रदेव सप्तरी
रामपृत राम सिराहा
रहेका छन् । उनीहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै
कृष्णभक्त पोखरेल
कमल तिमिल्सिना अछाम,
महेश बर्तौला मकवानपुर
सरिता भुसाल किसान महासंघ
प्रभा बराल कास्की
मञ्जु शर्मा चालिसे बाग्लुङ
आशा जगेबु पाँचथर
निर्वाचन आयोगमा
अमनसिंह तामाङ सिन्धुपाल्चोक
झवी पोखरेल कपिलबस्तु
नर्मदा भण्डारी गुल्मी
रत्ना गुरुङ काठमाडौ
कमला केसी कैलाली
अनुशासन आयोगको सदस्यमा
मायानाथ अधिकारी
सल्लाहकार परिषद सदस्यमा
कुलानन्द गिरी रोल्पा
महेन्द्र थापा रोल्पा
पिएल श्रेष्ठ तनहुँ
शिवचन्द्र कुशहवा बारा
रामप्रित पासवान सप्तरी
एकवाल मियाँ कपिलबस्तु
डा.गोपाल खनाल नवलपुर
खालित हुँसेन हक सुनसरी
हरि रिजाल प्युठान
प्रेमबहादुर सिंह कालिकोट
कृष्णप्रसाद दाहाल मकवानपुर
विनु ढकाल मोरङ
सानु श्रेष्ठ बागमती
सिर्जना शर्मा गण्डकी
प्रदीप भण्डारी कोशी
अर्जुनबहादुर थापा सुदुरपश्चिम
श्याम ढकाल बर्दिया
नारायण मरासिनी स्याङ्जा
धनेन्द्र घिमिरे पाल्पा
नन्दलाल रोकाया बाँके
जनक पौडेल बागलुङ
मेघनाथ सुवेदी पर्वत
नारायण मरासी डोटी
सुवासचन्द्र ठकुरी मकवानपुर छन् ।
तपाईको बिचार