आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

905

काठमाण्डौ । नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। सचिवालय बैठक बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आजको सचिवालय बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए।

एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो।

एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। त्यस्तै साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ। त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ। त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ।

 

तपाईको बिचार