लेखनाथ सिकारु
काठमाडौँ । सन् १९५५ यता नेपालमा १०८ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ ।
करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् ।
यस अवधिमा नेपालमा विदेशी वायुयान कम्पनीका १०, हेलिकोप्टर ३९, सिङ्गल इन्जिन प्लेन ८ र आन्तरिकतर्फको मल्टि इन्जिन जहाज ५१ गरी हालसम्म १०८ वटा विमान दुर्घटना भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, दुर्घटनामा परि विदेशी वायु यान कम्पनीको जहाज दुर्घटनामा ३७३ जना, सिङ्गल इन्जिन जहाज दुर्घटनामा २५ जना, हेलिकोप्टर दुर्घटनामा ९२ जना र आन्तरिकतर्फको मल्टि इन्जिन जहाज दुर्घटनामा ४६९ जना गरी हालसम्म ९५९ जना स्वदेशी तथा विदेशी नागरिकहरुको ज्यान गएको छ ।
नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो। त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूला साना दुर्घटनामा सयौँको ज्यान गएको छ।
साउन ८ गते विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित एकै परिवारका तीनसहति १८ जनाको मृत्यु भएको छ जसमध्ये पाइट मनिषरत्न शाक्य बाहेक सबै जनाको मृत्यु भएको छ ।
नेपालमा मानविय क्षति हुने गरी पहिलो पटक सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । दुर्घटना मध्ये सबै भन्दा बढी मानविय क्षति सन् १९९२ मा ललितपुरको भट्टे डाँडा नजिक पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा १ सय ६७ जनाको ज्यान गएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हालसम्म मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन्, ती दुर्घटनामा चार सय ६९ जनाको मृत्यु भएको छ। विभिन्न अन्तरर्राष्ट्रिय रिपोर्टहरुले समेत नेपालमा बढि दुर्घटना हुने र बढी मानवीय क्षति हुने विमानहरु मल्टिइन्जिनका रहेको समय समयमा सार्वजनिक गर्ने रिपोर्टहरुले देखाउँदै आएको छ।
दुर्घटनामा परेका मल्टि इन्जिनयुक्त विमानहरु
१. २४ जुलाई २०२४ त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु।
२. १५ जनवरी २०२३ पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना, ७२ जनाको मृत्यु।
३. २९ मे २०२२ मुस्ताङको तितीमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु।
४. २८ मार्चा २०२० बाँकेको नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको।
५. १४ अप्रिल २०१९ लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु।
६. २८ नोभेम्बर २०१७ हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको।
७. २७ मे २०१७ लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना, दुई जनाको मृत्यु।
८. २४ फेब्रुअरी २०१६ म्याग्दीको दानामा तारा एयरको विमान दुर्घटना, २३ जनाको मृत्यु।
९. १६ फेब्रुअरी २०१४ अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु।
१०. १ जुन २०१३ सिमिकोट विमानस्थलमा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको।
११. १६ मे २०१३ जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको।
१२. २८ सेप्टेम्बर २०१२ भक्तपुरको मनोहरामा सीता एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु।
१३. २१ सेप्टेम्बर २०१२ डोल्पामा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको।
१४. १४ मे २०१२ जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु।
१५. २५ सेप्टेम्बर २०११ ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु।
१६. १५ डिसेम्बर २०१० ओखलढुंगामा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु।
१७. २४ अगस्ट २०१० मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना, १४ जनाको मृत्यु।
१८. ८ अक्टोबर २००८ लुक्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु।
१९. ३ जुलाई २००६ वाजुरा विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको।
२०. १२ जुन २००६ जुम्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, ९ जनाको मृत्यु।
२१. ३० जुन २००५ लुक्ला विमानस्थलमा गोरखा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
२२. २५ मे २००४ सोलुखुम्बुको लामजुरामा यती एयरलाइन्सको विमान दुर्घटना, ३ जनाको मृत्यु।
२३.२१ अप्रिल २००४ त्रिभुवन विमानस्थलमा वुद्ध एयरको विमान दुर्घटन, १ जनाको मृत्यु।
२४. २२ अगस्ट २००२ कास्कीको पोखरामा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु।
२५. १७ जुलाई २००२ सुर्खेतको गडगडे डाँडामा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, ४ जनाको मृत्यु।
२६. ५ अप्रिल २००१ तुम्लिङटारमा यती एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
२७. १९ नोभेम्बर २००० तुम्लिङटारमा कस्मिक एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
२८. ३ नोभेम्बर २००० लुक्लामा गार्खा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
२९. २७ जुलाई २००० डडेल्धुराको जोगबुढामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २५ जनाको मृत्यु।
३०. २६ फेब्रुअरी २००० बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु।
३१. २५ डिसेम्बर १९९९ मकवानपुरको बुर्जोलेकमा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु।
३२. ५ सेप्टेम्बर १९९९ काठमाडौंको थानकोटमा नेकोन एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु।
३३. २१ अगस्ट १९९८ म्याग्दीको चुच्चेखर्कमा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु।
३४. २३ डिसेम्बर १९९६ डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
३५. २८ जुलाई १९९६ सिमिकोटमा ९एटीएससी, डीसीए० विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
३६. २५ अप्रिल १९९६ चितवनको मेघौलीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
३७. १५ जुलाई १९९५ चितवनको भरतपुरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना। मानवीय क्षति हुन पाएन।
३८. १४ जनवरी १९९५ काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २ जनाको मृत्यु।
३९. ३१ जुलाई १९९३ सालीघोप्टेमा एभरेस्ट एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु।
४०. ८ नोभेम्बर १९९३ जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४१. २६ सेप्टेम्बर १९९२ सिमिकोटमा ९एटीएससी, डीसीए० विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४२. २८ जुन १९९१ सिमिकोटमा एटीएससी, डीसीए विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४३. ९ जुन १९९१ लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४४. १९ अगस्ट १९८७ डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४५. २ मे १९८६ अछामको साँफेबगर विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४६. २२ डिसेम्बर १९८४ चेक्लाटी डाँडामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु।
४७. १५ अक्टोबर १९७३ लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४८. २५ जनवरी १९७० भारतको नयाँ दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु।
४९. १२ जुलाई १९६७ मकवनापुरको हेटौडा नजिकै नेपाल एयरलाइन्सको विमान दुर्घटना, ३५ जनाको मृत्यु।
५०. १ अगस्ट १९६२स् तुलाचनधुरीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु।
५१. ५ नोभेम्बर १९६० रुपन्देहीको भैरहवामा नेपाल एयरलाइन्सको विभान दुर्घटना, ४ जनाको मृत्यु।
सिंगल इन्जिनयुक्त र विदेशी विमानहरुको दुर्घटनाको विवरण
१. २९ मे २०२२ मुस्ताङको लार्जुङमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु।
२. १६ मे २०१८ सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना, २ जनाको मृत्यु।
३. ८ अप्रिल २०१६ सिमिकोट नजिक मकालु एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
४. २६ फेब्रुअरी २०१६ कालिकोटको चिल्खायामा एयर काष्ठमण्डपको विमान दुर्घटना, २ जनाको मृत्यु।
५. २१ नोभेम्बर २०११ मुगुको ताल्चा विमानस्थलमा मकालु एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
६. १७ जनवरी १९९९ जुम्लामा नेकोन एयरको विमान दुर्घटना, ५ जनाको मृत्यु।
७. २० नोभेम्बर १९९८ सोलुखुम्बुको फाक्दिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु।
८. ३० अक्टोबर १९८१ मोरङको विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु।
९. ३१ मार्च १९७५ काठमाडौंको बौद्धमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु।
१०. ३० अगस्ट १९५५ बाराको सिमरामा कालिंगा एयरको विमान दुर्घटना, २ जनाको मृत्यु।
११ १५ मे १९५६ काठमाडौंमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, १४ जनाको मृत्यु।
१२. २४ मे १९५८ पत्ने भन्ज्याङमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु।
१३. १० मे १९७४ त्रिभुवन विमानस्थलमा थाई एयरवेजको विमान दुर्घटना, १ जनाको मृत्यु।
१४. ३१ जुलाई १९९२ रसुवाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु।
१५. २८ सेप्टेम्बर १९९२ ललितपुरको भट्टेडाँडामा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको विमान दुर्घटना, १६७ जनाको मृत्यु।
१६. ७ जुलाई १९९९ काठमाडौंको भष्मासुर डाँडामा फ्रान्सको फुफुथान्साको विमान दुर्घटना, ५ जनाको मृत्यु।
१६. ४ मार्चा २०१५ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना मानवीय क्षति हुन पाएन।
१७. १२ अप्रिल २०१८ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशको युएस बंगलाको विमान दुर्घटना, ५१ जनाको मृत्यु।
१८. २० अप्रिल २०१८ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मलेसियाको मालिन्दो
घरेलु विमानमा दुर्घट्नाहरु
१.२७ जुलाई सन् २००० मा रोयल नेपाल एयरलाइन्सको डिएचसी-६ ट्विनअटर विमान दुर्घटना भयो। बझाङबाट डडेलधुरा जानेक्रममा दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित २५ जनाले ज्यान गुमाए।
२.२२ अगस्ट २००२ मा संग्रिला एयरको डीएचसी-६ ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यानको गयो। उक्त दुर्घटनामा १३ जना जर्मनी, १ अमेरिकी र ब्रिटिश नागरिकको ज्यान गएको थियो।
काठमाडौँबाट लुक्ला जाने क्रममा यति एयरलायन्सको डिएचसी६-३०९डी ट्विनअटर विमान २५ मे २००४मा दुर्घटना भयो। लाम्जुरा पहाडमा खराब मौसमका कारण विमान ठोक्किदा चालक दलका तीन सदस्यको मृत्यु भयो।
३.सीता एयरवेजको डोर्नियर–२२८ विमान लुक्ला विमानस्थलमा आवतरणका क्रममा १ अक्टोबर २००४ मा दुर्घटनाग्रस्त बन्यो।
४.लुक्ला विमानस्थलको धावनमार्गमा गोरखा एयरलाईन्सको डोर्नियर-२२० विमान ३० जुन २००५ मा धस्सिएर दुर्घटना भयो। दुर्घटना कसैको ज्यान नगएपनि चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु घाइते बने।
५.२१ जुन २००६ मा यति एयरलाइन्सको डिएच-६ ट्विनअटर जुम्ला एयरपोर्टमा आवतरण क्रममा दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्य सहित ९ जनाले ज्यान गुमाएका थिए। अवतरण कै क्रममा यति एयरलाइन्सको विमान सन् ६.२००८ अक्टोबर ८ तारिखका दिन भयो। दुर्घटनामा १८ जनाले ज्यान गुमाए।
७.सन् २०१० मा तीन ठूला दुर्घटना भए। १९ अप्रिलमा नेपाल एयरलाइन्सको विमान डिएचसी-६ ट्विनअटर-३०० विमान उडान भर्ने क्रममा दुर्घटनामा पर्यो। अगष्ट २४ मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा विमानमा सवार १४ जनाको ज्यान गयो। दुर्घटनामा ६ जना विदेशी नागरिकको मृत्यु भएको थियो। डिसेम्बर १५ तारिखका दिन लामिडाडाँबाट काठमाडौं आउँदै गरेको तारा एयरको डीएचसी–६ ट्विनअटर विमान ओखलढुंगाको मानेडाडाँमा ठोक्किदा चालक दलका ३ सदस्य सहित २२ जनाले ज्यान गुमाए।
८.२५ सेप्टेम्बर २०११मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हुदा १९ जना ज्यान गयो।
९.२०१२ को मे १४ मा अग्नी एयरको डोर्नियर–२२८ विमान पोखराबाट जोमसोन जानेक्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा हुँदा चालक दलका दुई सदस्य सहित १५ जनाको ज्यान गएको थियो। दुर्घटनामा चालक दलका एक सदस्य सहित ५ जनाको ज्यान बचेको थियो। सोही वर्षको सेप्टेम्बर २८ मा सिता एयरको नाइन एन-एएचए डोर्नियर विमान भक्तपुरको मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भयो।
१०.१६ मे २०१३ मा नेपाल बायुसेवा निगमको ९ एन- एबीओ विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा ७ जनो सिकिस्त भए, १५ सामान्य घाइते।
११.१६ फ्रबूअरी २०१४ मा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन एबीबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भयो। चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जनाको ज्यान गएको थियो।
भुकम्प पीडितहरुका लागि सामग्री लिएर गएको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा १२ मे २०१५ मा दुर्घटना भयो। ११ जनाले ज्यान गुमाए।
१२.२४ फ्रेबूअरी २०१६ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा चालक दलका ३ सदस्य, दुई बालकसहित २३ जनाको मृत्यु भयो। सोही वर्षको अगस्टमा सुत्केरी सहित शिशु बोकेको फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट सहित ७ जनाको ज्यान गयो।
१३.२४ सेप्टेम्बर २०१६मा यति एयरलाइन्सको फ्लाइट–८९३ गौतम बुद्ध एयरर्पोटको रनवेमा सामान्य दुर्घटना भयो। प्लेनमा सवार २९ यात्रु सहित चालक दलका तीन सदस्य सकुशल रहे।
नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ भने ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएकोप्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट अनुसारसन् २०७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन् । यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।
दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ । नेपालमा ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन् ।
बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ । नेपालमा विदेशी विमानसमेत दुर्घटना हुने गरेका छन् । नेपालमा पहिलोपटक १९५५ को अगस्ट ३० मा विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ । सिमरामा दुर्घटना भएको उक्त विमान भारतको कालिंगा एयरको थियो ।
त्यसयता नेपालमा दशवटा विदेशी विमान दुर्घटनामा परेका छन् । यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन् । दशमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति नभएको रेकर्ड छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन हालै भएको सौर्य एयरको पार्इँलट मनिश रत्न शाक्य बाहेक ।
तपाईको बिचार