काभ्रेपलान्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विध्यालयलाई बस हस्तान्तरण गरिएको छ।
आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयलाई बस हस्तान्तरण गरेका हुन् ।कार्यक्रमको अध्यक्षता विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले गरेका थिए ।
बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारको बिद्यालय बस बितरण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि हामीले बस ल्याउन सफल भयौ। विद्यार्थीको सुबिधाका लागि बस किनिएको हुँदा सहि सदुपयोग हुने र बस सेवाको कारणले बिध्यार्थिको संख्या बढ्ने अपेक्षा राखेको बताए ।
मन्त्री लम्सालले विद्यालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि ,शिक्षक,अभिभावक र बिद्यार्थी सबै लाग्नु पर्ने भन्दै अब युवा देशमा टिकाउन ब्यबहारिक शिक्षा आबश्यक रहेको जिकिर गरे । बिद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो। कुनै ठाउँको समाजको सभ्यता त्यहाँ भएको बिद्यालयले देखाउने हुँदा सबै भन्दा पहिला बिधालय राम्रो बनाउनु जरुरी छ उनले भने । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले विद्यालय सुधारमा सबैजनाको सहयोग आबश्यक रहेको र आगामी दिनमा विद्यालयलाई बनाउने भन्दै बस दीर्घकाल सम्म चल्ने बिश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गरे ।
पाँचखाल नगरपालिका उप मेयर सूर्यमाया दनुवारले बस सन्चालनमा आउनु खुशीको कुरा भएको बताउदै यो खुसी निरन्तर हुनको लागि बस राम्रो सङ चल्नु पर्नेमा जोड दिईन् ।
बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल,पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला , जोरपाटी मा. वि. का प्र.अ. विष्णु सापकोटा, शिक्षक, विद्यार्थी , अभिभावकको उपस्थिति रहेको थियो।
तपाईको बिचार