काठमाडौ । जुनियर छात्रतर्फ ४६ किलो तौल समुहमा बाँके जिल्लाका चन्दन शाहीले नक्सालका सक्षम लामालाई ५ः० अंकको आधारमा पराजित गरी फाईनलमा आफ्नो स्थान हासिल गरे । त्यसै गरी सोहि तौल समुहमा अछामका रोहित जनालाले दोस्रो राउण्डमा ५ः० अंकको आधारमा डी.जि.ब्क्सका रितेश महतोलाई पराजित गरे ।
आज भएका अन्य खेलहरुमा ४८ किलो तौल समुहमा दाङ्गका लोकेश पुनले भक्तपुरका भाष्कर खड्कालाई ४ः१ अंकको आधारमा पराजित गरे । सोहि तौल समुहमा अल्फाका कमल गुरुङ्गले फाईटका वाङजुक्ला भोटेलाई ५ः० अंकको आधारमा पराजित गरे ।
त्यसै गरी ५० किलो तौल समूहमा ललितपुरका स्वभाव थापाले सुनसरीका विधान श्रेष्ठलाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे । सोहि तौल समूहमा फाईटका छिरिङ्ग दोर्जे शेर्पाले बाङ्गके जिल्लाका नविन सिंहलाई आरएसीका आधारमा पराजित गरे ।
त्यसै गरी जूजियर छात्र तर्फ ५२ किलो तौल समूहमा भुमिका सरोज तामाङ्गले एबिसिका मुस्कान राईलाई आरएसीका आधारमा पराजित गरे । सोहि तौल समूहमा एच.टु.ओका प्रज्वल खत्रीले एल.बि.एका सुजन थापा मगरलाई ५ः० अंकको आधारमा समान अन्तरले पराजित गरे ।
५४ किलो तौल समूहमा दाङ्गका तुल्सीराम बुढाथोकीले एच.टु.ओका विवेक मगरलाई ५ः० अंकको आधारमा समान अन्तरले पराजित गरी फाईनल प्रवेश गरे भने सोहि तौल समूहमा झापाका अनवाश बुढाथोकीले एबिसिका पेमनुरु शेर्पालाई नक्आउट गरी फाईनल प्रवेश गरे ।
५७ किलो तौल समूहमा अछामका विनोद नागार्जेले बोसीगाँउका करण मालीलाई ५ः० अंकका. आधारमा समान अन्तरले पराजित गरे भने सोहि तौल समूहमा भाईबका मिसन गुरुङ्गले भक्तपुरका गौरव वानलाई आरएसीका आधारमा पराजित गरी फाइनल प्रवेश गरे ।
त्यसै गरी ६० किलो तौल समूहमा शेरप गेल्चेन शेर्पाले भाईबका सज्जन राईलाई ५ः० अंकको आधारमा पराजित गरी फाइनलमा आफ्नो स्थान हासिल गरे । सोहि तौल समूहमा सि.जि.जिका सिजन घलेले बोसीगाँउका मिन बहादुर खामचालाई वक ओभरका आधारमा पराजित गरे । त्यसै गरी ६३ किलो तौल समूहमा एबिसिका यूनिक राईले आर्यनका प्रतिक कार्कीलाई ५ः० अंकको आधारमा पराजित गरे । सोहि तौल समूहमा सिजिजिका निकेश गुरुङ्ग भट्टराईले बक्समाण्डुका सुसान श्रेष्ठलाई ३ः२ अंकको आधारमा पराजित गरे ।
एल.बि.एका रोशन तामा६६ किलो तौल समूहमा उदयपुरका रोजन मगरले बोसीगाँउका तपेश अधिकारीलाई आरएसिको आधारमा पराजित गरी फाईनलमा आफ्नो स्थान पक्का गरे । त्यसै गरी सोहि किलो तौल समूहमा मात्रीभूमिका नविनतम खड्काले दाङ्गका सेवक बुढामगरलाई ५ः० अंकको आधारमा पराजित गरे ।
त्यसै गरी ७० किलो तौल समूहमा सिजिजिका आयुष तामाङ्गले ललितपुरका सुदिन श्रेष्ठलाई आरएसिको आधारमा पराजित गरे भने साहि तौल समूहमा सुनसरीका उत्सव तामाङ्गले एल.बि.एका रोशन बि.कलाई ४ः१ अंकको आधारमा पराजित गरी आफ्नो स्थान फाइनलमा पक्का गरे ।
आज भएको जूनियर छात्र तर्फ ७५ किलो तौल समूहमा ललितपुरका प्रजित राईले उदयपुरका प्रजन राईलाई ४ः१ अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । त्यसै गरी जूनियर छात्र ८० किलो तौल समूहमा आर्यनका सुर्यन वैधले जेनेक्सका यूगेन तामाङ्गलाई आरएसिको आधारमा पराजित गरी प्रथम स्थान हासिल गरे । त्यसै गरी ८०+ तौल समूहमा आर्यनका श्रीयान्स सिवाकोटीले बोसीगाँउका युवराज परियारलाई आरएसिको आधारमा पराजित गरी प्रथम स्थान हासिल गरे ।
आज भएको जूनियर छात्रा तर्फ ४६ किलो तौल समूहमा एल.बि.एका रेनुका नेपालीले दमकका दिप्सा काम्बाङ्गलाई ५ः० अंकको आधारमा पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भईन ।
आज भएको स्कू्रल छात्र तर्फ ७०+ किलो तौल समूहमा दमकका ग्याल्बु आङ्गदाम्बेले ५ः० अंकको आधारमा बोसीगाँउका अन्सुल पन्थीलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान हासिल गरे ।त्यसैगरी स्कुल छात्रतर्पmका फाईनल खेलहरुमा ३घ किलो तौल समुहमा ललितपुर बक्सिङ्ग एकेडेमीका प्रदीप नेपालीले एचटूओका अनुज दुग्गुजलाई युनानिमस ५ः० को फरकअंकले पराजित गर्दै प्रथमस्थान हासिल गरे । ४० किलो तौल समुहमा आरडीयसका प्रविन थापाले अल्फाका प्रिन्स थापालाई पराजति गर्दै प्रथमस्थान हासिल गरे ।
४३ किलो तौल समुहमा अछामका रोशन विकेले भूमीका रोजन गहतराजलाई दोस्रो राउण्डमै आरएससीका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । ४६ किलो तौल समुहमा एबीसीका अनिश राईले सुनसरीका कुन्जन थापालाई दोस्रो राउण्डमै आरएससीका आधारमा पराजित गर्दै प्रथमस्थान हासिल गरे । त्यसैगरी ४९ किलो तौल समुहमा भाईबका सम्पूर्ण अधिकारीले ५ः०को युनानिमस डिसिजनको आधारमा उदयपुरका अभिसेक बस्नेतलाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । ५२ किलो तौल समुहमा केबीएका अंकित कार्कीले भक्तपुरका अलिस ताव्यानलाई ५ः०को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै प्रथम स्थान हासि गरे ।
त्यसैगरी ५५ किलो तौल समुहमा बक्समाण्डुका आरोग्यले सुनसरीका स्टोन काम्बाङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।
तपाईको बिचार