काठमाण्डौं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तर्क्रिया आयोजना गरी मनाइँदै छ।
चिकित्सकका अनुसार नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ ।
विश्वमा प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको हेपाटाइटिस बाट मृत्यु हुने गरेको बताइएको छ । हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसमध्य हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन्।
विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा। बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो ।
तपाईको बिचार