बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३(३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १(१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
तपाईको बिचार