लेखनाथ सिकारु
काठमाण्डौं । मण्डला थिएटरमा नाटक ‘मेषी दण्ड’को मञ्चन भईरहेको छ । सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले डेढ शताब्दीअघि भोगेको कथालाई नाटकमा समेटिएको छ । इतिहासमा घटेको यथार्थ कथामा नाटक निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ हिमाली जिल्लाका आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको छ ।
मण्डला थिएटर थापागाउँ बानेश्वरमा साउन ५ देखि हरेक दिन (सोमबार बाहेक) बेलुकी पौने ६ बजे मञ्चन नाटक मञ्चन हुने जनाइएको छ । शनिबार भने दिउँसो साढे १ बजे अतिरिक्त मञ्चन हुनेछ ।
कथा अनुसार नाङपाला नाका हुँदै तिब्बत जाने क्रममा राणा र उनीहरुका भारदारहरुको समूह खालिङ गाउँ राप्छामा बास बस्छन् ।
त्यतिबेला त्यहाँ खालिङ राईहरु र राणाहरु विच भाषा वुझाबुझ हुँदैन त्यस समयमा उक्त स्थानमा खालिङ राई बाहेकका समुदाय कोही थिएनन् । उनीहरु त्यसबेला आफ्नो बाहेकको भाषा बोल्दैनथे र बोल्नलाई आवश्यकता पनि थिएन ।
राणाहरुले गाउँका मान्छेलाई भेला गरी सामान्य मन्तव्य दिए । मन्तव्य सुन्ने क्रममा भेला भएका राईहरुले केही पनि बुझेनन् । तर, उनीहरुले ‘मेषी, माका मेषी’ भनी बोले । राणाहरुले ुमेषीु भनेको बुझेनन् र आफूहरुको अपमान भएको ठानी गाउँका मानिसहरुलाई दण्ड तिर्न लगाए । जुन दण्ड त्यहाँका खालिङ राईहरुले लामो समयसम्म तिरे र दण्डको नाम ‘मेषी दण्ड’ रहन गयो । यही विषय नाटकमा प्रस्तुत छ ।
राणा र उनीहरुका सेनालाई खालिङहरुले खानेकुरा र बस्नको लागि बासको व्यवस्था गर्नुपर्छ भन्दै राणाले भन्छ । खालिङहरुले पनि आफ्नै खालिङ भाषामा ‘मेषी हजुर’ भन्छन् । खालिङ भाषामा ‘मेखी’को अर्थ ‘हुन्छ’ भन्ने हो । मेखी हजुर भनेको राणा र उनका भारदारहरुले बुझ्दैनन् । के हो यो मेखी भनेको भन्दै राणाले जंगीएर सोध्छ खालिङको एक जना तालुकदारले हुन्छ भनेको हो हजुर भन्दै हात जोड्छन् । त्यत्तिकैमा राणाले झोक्किदै भन्छ । गाईखाने भाषा बोल्ने ? अब तिमीहरुले हरेक वर्ष ‘मेषी दण्ड’ तिर्नुपर्छ भनेर आदेश दिन्छ । त्यही विषय वस्तुलाई आधार मानेर नाटक तयार भएको छ ।
भाषा सिक्न कार्कीलाई खालिङ गाउँमै लगेर जग्गा, जमिन र घर बनाइदिएर नेपाली भाषा सिक्न थालिन्छ त्बयसपछि भाषा संस्कार संस्कृति माथि अतिक्रमण हुन थाल्छ । अर्को संस्कृति माथि अर्को संस्कृति हावि हुन्छ र समाज नराम्रोसँग विभाजित हुन्छ । जस्ले भाषा धर्म संस्कार संस्कृति प्रहार हुन्छ जुन जानेर वा नजानेरै भएको हुन्छ ।
समाज आफ्नो नियन्त्रण वाहिर हुन्छ घर परिवार समाज सबै भाँडिन्छन् र तालुकदारको कुरा र व्यवहारलाई समाजले अवज्ञा गर्छ त्यसपछि समाज र समय सँग हारें म गलें भन्दै खालिङ समुदायको तालुकदार घर गाउँ र समाज छोडेर जान्छ ।
दुधकोशी नदी पार गर्ने क्रममा खालिङ तालुकदार त्यही दुधकोशी नदीमा तुईनबाट खसेर मर्छ अन्त्यमा उनको आत्मालाई बाटो देखाउन धामीले चिन्ता बस्छ । तर, उनको आत्माले साथी खोजेको भन्दै भड्किएको धामीले बक्छ । सबैले फकाएर मर्नेको बाटो अलग, बाँच्नेको बाटो अलग भन्दै सम्झाएपछि उनको आत्माले शान्ति पाउँछ र आफ्नो बाटो लाग्छ ।
अनिल सुब्बाले निर्देशन गरेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ । गीलु रातोसले लेखेको नाटकको निर्माता रिजन केसी हुन् । नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जञ्जीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बू, सञ्जीप योगी, प्रवीण मगर लगायतको अभिनय छ ।
तपाईको बिचार