प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

735

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रमुख सचेतक मेटमणि चौधरीले आज बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरिएको जानकारी दिए ।

‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ,’ उनले भने ।

नेपाली कांग्रेससहित चार दलको सहयोगमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

 

तपाईको बिचार