काभ्रेपलान्चोक। नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन काभ्रे जिल्ला कमिटीको प्रथम भेला सम्पन्न भएको छ। काभ्रेको बनेपामा आयोजित एक समारोह बीच भेला सम्पन्न भएको हो ।
नेकपा (एकीकृत समाजवादी) निकट नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनको भेलाले बिरेन्द्र राउतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा रमेश खड्का ,सचिव भिमसेन के. सी. ,कोषाध्यक्ष दलबहादुर कार्की चयन भएका छन् । सदस्यहरुमा शान्ति भारती, सावित्री दाहाल, उद्बव थापा ,राम अधिकारी , गणेश श्रेष्ठ, हरिशंकर कक्षपति , भिमनाथ घिमिरे , धन बहादुर खुलाल , भगवान बस्नेत र पूर्णबहादुर ठाडामगर चयन भएका छन । भेलाले कमिटीको सल्लाहकारमा शिवराम बस्नेतलाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईले श्रमिक र मजदुरहरूको हक र अधिकारका लागि लड्ने नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनलाई पार्टीले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भेलामा नेकपा एकीकृत समाजवादी काभ्रेका उपसचिव हरि गोपाल प्रधानाङ्गले समाजवादी पार्टी श्रमिकको हितमा काम गर्ने पार्टी भएकोले काम कर्तव्य र अधिकारको विषयमा जानकारी गराउने र राज्यसँग के कस्तो सेवा सुविधा लिन सकिन्छ र उक्त कार्यलाई हस्तक्षेप गर्न यो संगठनको जरुरी छ । आगामी दिनमा श्रमिकको हितमा पार्टीको जिल्ला कमिटीले पहल गर्ने विश्वास व्यक्त गरे ।
अतिथी नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम कार्कीले श्रमिकको कानुन बुझेको व्यक्तिले श्रमिकको पक्षमा लाग्यो भने रोजगारदातको तर्फबाट पाउने सेवा सुविधा सबै प्राप्त हुन्छ । घर विदा, विरामी विदा र सामाजिक सुरक्षा भत्ता आदिको सुविधा पाउन पनि नेपाल सुरक्षा श्रमिक यूनियनले काम गर्दै आएको र श्रमिक मजदुरको पक्षमा पैरवी गर्ने असल संगठन नै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका महासचिव वेदप्रसाद हुमागाईले नेपालमा २२ बटा ट्रेड यूनियनहरू छन, यो यूनियन एउटा घटक संगठन हो । तर मालिकले ठेकेदारसँग मिलेर श्रमिकलाई कानुनी रूपमा पाउनुपर्ने सुविधाबाटै बन्चित गरेका छन । त्यस बिरुद्ध यो संगठन निरन्तर लागिरहेको बताए ।
तपाईको बिचार