काठमाडौँ । मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन् । ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन् ।
मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरू बीच परिक्रमाद्वारा विभाजित हुन्छ ।
प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ । वर्तमान राजा देशको जोहर प्रान्तका हुन् । उनीसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ । उनी अर्बपति व्यापारी पनि हुन् ।
तपाईको बिचार